• २०८१ बैशाख ७ शुक्रबार

भुलेर पनि यी अंगमा हात नलगाउनुहोस्, यी हुन् बेफाइदाहरु ?

kharibot

काठमाडौं । तपाईंलाई नसोच्न पनि सक्नुहुन्छ कि आफ्नै स साना गल्ती, नराम्रो बानीले गर्दा हामी रोगको शिकार हुनसक्छौँ । शरीरको कुनै भाग यस्तो संवेदनशील हुन्छ, जहाँ हात नलगाउनुस्, यस्तो गर्दा तपाईलाई समस्या आउनसक्छ । कुन अंगमा हात लगाउदा के नोक्सान हुन्छ ः

कानमा औँला घुसाउनुहुँदैन
तपाईंले आफ्नो  कानमा औँला तथा कुनै पनि कुरा घुसाउनहुँदैन । यसरी कानमा कुनै पनि चिज घुसाउँदा कानभित्रको झिल्ली फुट्न सक्छ । 

तपाईंको अनुहार 
तपाईंको हात पटक–पटक अनुहारमा लगाउने बानी हुनसक्छ । तर तपाईंको हातको औँलाबाट अनुहार टाढा राख्नुपर्दछ । तपाईंका हातको औँला रोगका किटाणु भएको ठाउँमा पनि राखिएको हुन्छ । यसकारण हात तपाईंको अनुहारमा राख्दा तपाईंलाई असर गर्नसक्छ । 

नितम्बमा हात नराख्नु 
धुन तथा पुछ्नुबाहेक नितम्बमा कहिल्यै पनि हात राख्नुहुँदैन । यहाँ जीवाणु पाइन्छ  जुन हानिकारक हुनसक्छ । यदि कुनै कारण तपाईं नितम्ब छुनुभयो भने तुरुन्तै हात धुनुपर्छ । 

आँखालाई पटक–पटक नछुने
आँखामा केही पर्याे भने वा धुने बेलामा मात्र हात लगाउनुहोस् । अन्यथा हात आँखामा पुर्याउन तथा चलाउनुहुँदैन । तपाईं यसो गर्नुहुन्छ भने आँखामा हानिकारक जीवाणु प्रवेश गर्नसक्छ । यसले तपाईंको आँखामा असर पार्न सक्छ । त्यसैले कहिल्यै पनि आँखामा छुने चलाउने गर्नुहुन्न । 

मुखमा औँला नराख्ने 
तपार्इं पटक–पटक हातका औंला मुखमा लाने गर्नुहुन्छ, अधिकांशको बानी यस्तै हुन्छ । यतिसम्म कि तपाईं व्यस्त समयमा पनि मुखमा औंला पुर्याउनुहुन्छ । तर युकेको एक अध्ययन अनुसार मुखमा औंला राख्ने बानीले गर्दा  एकतिहाइ किटाणु शरीरभित्र प्रवेश गर्ने देखाएको छ । 

नाकमा आंैला घुसाउँदा
तपार्इं आफ्नो नाकमा औंला राख्दा शरीरमा स्टाफाइलोकाकस आरस नामक ब्याक्टेरिया प्रवेश गर्ने बढी सम्भावना हुन्छ । यो एक खतरनाक ब्याक्टेरिया हो । यसले शरीरको जुनसुकै भागमा असर गर्न सक्छ । 

नङमुनिको छाला
नङमुनिको छालामा धेरै किसिमका ब्याक्टेरिया हुनसक्छ । तपाईंको नङ छोटो बनाउने ब्रस गर्ने ता कि ब्याक्टेरिया कम होस् । र तपाईं नङमुनिको छालाबाट हुने असर कम हुन्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै