चीनमा सि जिनपिंगको कार्यकाल लम्बिरहने बाटो खुल्यो, राष्ट्रपति सि झन् शक्तिशाली बने 

खरीबोट
ad

बेइजिंग । कम्युनिष्ट पार्टी अफ चाइनाले राष्ट्रपति सि जिनपिंगको कार्यकाल लम्ब्याउन मार्गप्रशस्त गरेको छ । पार्टीको केन्द्रीय कमिटीले संविधान संशोधन गर्दै राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल बढाउन मार्गप्रशस्त गरेको हो । 

सिन्ह्वाका अनुसार चीनको संविधानमा रहेको राष्ट्रपति र उपराष्ट्रपतिले दुई कार्यकालभन्दा धेरै सेवा गर्न नपाउने भन्ने अंश संविधानबाट हटाउन प्रस्ताव गरेको हो । उक्त प्रस्ताव आइतबार मात्रै सार्वजनिक गरिएको हो । यो प्रस्तावसँगै माओत्सेतुंग पछिका सबैभन्दा शक्तिशाली राष्ट्रपति बनेका सि जिनपिंगले तेस्रो कार्यकाल समेत चीनमा शासन गर्ने बाटो खुल्ला भएको छ ।

यसअघि गत कात्तिक ८ गते राष्ट्रपति सीले राजधानी बेइजिंगमा रहेको ग्रेट हल अफ द पिपलमा हरेक पाँच वर्षमा हुने कम्युनिष्ट पार्टीको बृहत् सम्मेलनमा सात सदस्यीय कमिटीमा आफूसहित लि किक्वांग, लि झान्सु, वांग यांग, वांग हनिंग, झाओ लेजी र हान झेंगलाई चुनेका थिए । सो क्रममा आगामी पाँच वर्ष आफ्नै नेतृत्वमा रहने गरी राष्ट्रपति सीले सात शक्तिशाली नेता चुने पनि आफूपछि को हुने भन्ने घोषणा भने गरेका थिएनन् । 

सोही सम्मेलनमा दशकौँको कडा मिहिनेतपछि चिनियाँ विशेषतायुक्त समाजवाद नयाँ युगमा प्रवेश गरेको घोषणा गर्दै सीले उक्त नयाँ नीतिलाई चिनियाँ पार्टीको संविधानमा समावेश गराउन सफल भएका थिए ।

यसलाई सि जिनपिंग थटको रुपमा समावेश गरिएको थियो। सो सि–थटलाई पार्टीले चिनियाँ संविधानमा समावेश गर्न समेत प्रस्ताव गरेको सिन्ह्वाले जनाएको छ । 

  • सिन्ह्वाबाट अनुदित । 

यो पनि पढ्नुहोस् : 

चुनिए चीनका सात शक्तिशाली नेता तर चुनिएनन् सि जिनपिंगका उत्तराधिकारी

सम्बन्धित समाचार

उत्कृष्ट नतिजा ल्याउन चीनमा अध्ययनरत नेपालीलाई उपराष्ट्रपतिको आग्रह

काठमाडौँ चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनले सिचुवान प्रान्तको यिपिन क्षेत्रको भ्रमण गरेका छन् । उनले आज विभिन्न विश्वविद्यालय, मोबाइल उत्पादक कम्पनीको अवलोकन भ्रमण गरे । यिपिन पोखरासँग यही असोज १

उपराष्ट्रपति पुन चीन प्रस्थान

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन चीनको छ दिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापाले बिदाई गरे । उपराष्ट्रपति पुनको

उपराष्ट्रपति पुन बुधबार चीन भ्रमणमा जाँदै

काठमाडौँ। उपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक भ्रमणका लागि बुधबार चीन प्रस्थान गर्दै छन् ।  छदिने औपचारिक भ्रमणका लागि उनी बिहान सिए ४३८ नंको एयर चाइनाको विमानबाट सिचुवानको राजधानी छेन्दु प्रस्थान गर्ने उपराष्ट्रपतिको

थप २०० अर्ब डलरबराबरका चिनिया सामानमा करवृद्धि गर्ने अमेरिकाको घोषणा, प्रतिकार गर्छौं – चीन 

वासिङ्टन / ट्रम्प प्रशासनले थप २०० अर्ब डलर बराबरका चिनीया सामानमा करबृद्धि गर्ने घोषणा गरेको छ । अर्को सातादेखि लागू हुने यस करबृद्धिका कारण विश्वका सबैभन्दा ठूलो अर्थतन्त्र भएका दुई