क्याम्पसलाई नयाँ विश्वविद्यालयमा गाभ्ने निर्णयपछि महेन्द्र विन्देश्वरीमा तालाबन्दी 

खरीबोट
ad

राजविराज । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजलाई नवस्थापित राजर्षि जनक विश्वविद्यालयमा गाभ्ने सरकारी निर्णायको विरोध गर्दै आजदेखि अनिश्चित तालाबन्दी गरिएको छ । 

नेपाल प्राध्यापक संघ क्याम्पस एकाइ राजविराजको नेतृत्वमा क्याम्पसका प्राध्यापक, शिक्षक तथा कर्मचारीले उक्त निर्णय नसच्याइएको भन्दै आज क्याम्पसको मूलढोकामै तालाबन्दी गरेको क्याम्पसका निर्मल न्यौपानेले बताए । 

विश्वविद्यालयमा जनकपुरको राराव क्याम्पस, सिरहाको सत्यनारायण सूर्यनारायण मरबैता बहुमुखी क्याम्पस र राजविराजको मविव क्याम्पस गाभिएको छ । सो क्याम्पसमा स्थायी, निजी, करार र आंशिक गरी १२१ प्राध्यापक र ४१ कर्मचारी कार्यरत छन् । तालाबन्दी भएपछि पढाइ र दैनिक प्रशासनिक कामसमेत प्रभावित भएको छ । 

रिले अनशन स्थगित 

उन्नाइस दिनदेखि रिले अनशन बसेका तिलाठी कोइलाडी गाउँपालिका– १ तिलाठीका बासिन्दाले रिले अनशन स्थगन गरेका छन् । सप्तरी क्षेत्र २ प्रदेशसभा ‘क’ का सदस्य शैलेन्द्रप्रसाद साहको उपस्थितिमा अनशनमा बसेकालाई जुस खुवाएर सो रिले अनशन स्थगन गरिएको बताइएको छ । 

अवैध गाउँसभा खारेज गर्नुपर्ने, गाउँपालिकाको नाम तथा केन्द्र सार्ने निर्णय सच्याउनुपर्ने, चालु आवको हालसम्मको आयव्यय सार्वजनिक गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृतमाथि छानविन गर्नुपर्नेलगायत विभिन्न मागसहित आन्दोलित स्थानीयवासीले प्रदेशसभा सदस्य तथा विभिन्न व्यक्ति तथा निकायबाट गरिएको आग्रह एवं होलीलाई हेरी हाल रिले अनशन स्थगन गरिएको स्थानीयवासी अवकाशप्राप्त शिक्षक दयाकान्त झाले जानकारी दिए । 

सम्बन्धित समाचार

तालाबन्दीपछि कृषि तथा वन विज्ञान विश्वविद्यालयको कामकाज ठप्प  

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका प्राध्यापकले तालाबन्दी गरेका छन् । विश्वविद्यालयको मूलद्वारमा मङ्गलबार ताला लगाएपछि नियमित काम अवरुद्ध भएको छ । विश्वविद्यालयले दिएको सम्बन्धन मन्त्रिपरिषद्को बैठकले खारेज गरेपछि

सुत्केरीको मृत्युपछि पाँचथरको स्वास्थ्यचौकीमा तालाबन्दी

पाँचथर । सुत्केरीको मृत्यु भएपछि पांचथरको एउटा स्वास्थ्यचौकीमा स्थानीयवासीले तालाबन्दी गरेका छन् । याङवरक गाँउपालिका–३ स्थित स्वास्थ्य चौकीमा सुत्केरीको मृत्यु भएपछि आफन्त आन्दोलनमा उत्रेका हुन् । उनीहरुले चिकित्सकको लापर्बाहीका कारण सुत्केरीको

प्रदेश सरकारले दिएको बिदा कार्यान्वयन नगरेको भन्दै मन्त्रीले गरे राष्ट्र बैंकमा तालाबन्दी 

धनुषा।  प्रदेश सरकारको निर्णय अवज्ञा गरेको भन्दै प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले राष्ट्र बैंकमा तालाबन्दी गरेका छन् ।  प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरेर भदौ १०

विराटनगर जुट मिलमा तालाबन्दी

विराटनगर । विराटनगर जुट मिलमा कार्यरत १० कर्मचारी निष्कासनको विरोधमा आज कर्मचारीले प्रशासनमा तालाबन्दी गरेका छन् ।  बन्द अवस्थामा रहेको सो जुट मिलबाट १० जना कर्मचारीलाई निष्कासन गरिएपछि विरोध स्वरुप उनीहरुले तालाबन्दी