हलिवुड फिल्म र टाइटानिक एक अर्का पर्याय नै भएका छन् । आज पनि हलिवुड फिल्मको कुरा गर्दा जो कोहीको मनमा टाइटानिक फिल्म र यसको रोमान्टिक जोडी ज्याक र रोजको याद आउछ ।
हालै ज्याकको भूमिका निभाएका अभिनेता लियोनार्दो डिकोप्रियो र रोजको भूमिका निभाएकी केटसँगै रहेको तस्विर इन्टरनेटमा भाइरल मात्र भएन, सबैलाई यो जोडीले टाइटानिकको याद फेरी दिलाइदियो ।
दुवैलाई हालै फ्रान्सको पूल साइडमा रोमान्चक मुडमा देखिएको तस्विर सार्वजनिक भएका छन् । उनीहरुको तस्विर देख्दा अहिले पनि यो जोडीको रोमान्चकतामा कुनै कमि देखिएन ।
अहिले फेरी उनीहरुलाई सँगै देखेर करोडौ फ्यानहरुलाई उत्तेजित बनाइदिएको छ । आज पनि उनीहरुका मनपर्ने अनस्क्रिन जोडीको सूचीमा लियोनार्दो र केट अग्रपंक्तिमा रहेका छन् ।
हलिवुडको एक क्लासिक फिल्मको दर्जा पाएको टाइटानिककी हिरोइन केट विस्लेटले फिल्ममा आफुले निभाएको भूमिकामा रोजले आफ्ना प्रेमी ज्याकलाई बचाउनु पर्ने धारणा सार्वजनिक पनि गरेकी थिइन् ।