• २०८१ बैशाख ६ बिहीबार

श्रीदेवी र बोनी कपुरको प्रेम कहानी : हिरोइनदेखी श्रीमतीसम्म 

kharibot

मुम्बई । शनिबार राति निधन भएकी अभिनेत्री श्रीदेवीले आफ्नो ५० बर्षे फिल्मी क्यारियरमा निकै सफलता हासिल गरिन् ।

सफलतासँगै एक समय यस्तो थियो जब श्रीदेवीको निजि जिन्दगीमा निकै उथल पुथल थियो । यो त्यति बेलाको कुरा हो जान श्रीदेवी आफ्नो क्यारियरको शिखरमा थिइन् । त्यति नै बेला उनको प्रेम कहानी पनि उत्तिकै चर्चामा थियो । ८० को दशकमा प्रेम सुरु भएर ९० को दशकमा विवाहित बोनी कपुरसँग श्रीदेव ले विवाह गरेकी थिइन् ।

बोनी कपुर र श्रीदेवीको प्रेम प्रसंग पनि फिल्मको जस्तै नै छ । बोनी कपुर फिल्म मिस्टर इंडियामा श्रीदेवीलाइ साइन गर्न लेखक जावेद अख्तरलाइ लिएर उनको घर चेन्नई गएका थिए । त्यति बेला श्रीदेवीको फिल्मको निर्णय उनकी आमाले गर्ने गर्द्थिन । फोनमा श्रीदेवीकी आमासँग कुरा भएपछि ३-४ दिन पर्खिन भनिन् । पर्खिदा पर्खिदा १० दिन पछि श्रीदेवीसँग बोनी र जावेद अख्तरको भेट भयो । श्रीदेवीलाइ फिल्मको कहानी मन पर्यो र फिल्म गर्न राजी भईन । 

बोनी कपुरले त्यस बेलाको घटना सम्झिदै सार्वजनिक रुपमा नै भनेका छन् । पहिलो पटक श्रीदेवीलाई पर्दामा देख्दा नै प्रेम भैसकेको थियो । मिस्टर इंडिया साइन गर्दाको घटना सम्झिदै बोनी कपुरले भनेका छन्, श्रीदेवीकि आमाले फिल्मको लागि १० लाखको माग गरिन । त्यति बेला श्रीदेवी सबै भन्दा महंगी हिरोइन थिइन् । उनकी आमाले फिल्म नगर्न त्यस्तो प्रस्ताव राखेको बोनीको बुझाई थियो । तर बोनी कपुरले ११ लाख दिने भन्दै फिल्म साइन गराएका थिए ।

फिल्म साइन पछि फिल्मको सुटिंगमा बोनी कपुरले श्रीदेवीकी आमाको निकै ख्याल गरे । मेकअप रुम, कपडा आदि विशेष रुपले व्यवस्था गर्दै बोनीले श्रीदेवीकी आमासँग दोस्ती गरेका थिए । यसक्रममा बोनी कपुरले हरेक किसिमले आफु श्रीदेवीको साथ रहेको देखाउथे, जसबाट श्रीदेवीले पनि बोनीले आफुलाई प्रेम गर्ने कुरा बुझेकी थिइन् ।

श्रीदेवी र बोनी कपुरको नजदिकी उनकी आमा विरामी हुँदा झन् बढ्यो । श्रीदेवीकी आमाको ब्रेनको अप्रेशन गर्नुपर्ने भयो । यो कुरा बोनी कपुरलाइ थाहा भएपछि उनि चेन्नई पुगे ।

डाक्टरको सल्लाहमा श्रीदेवीकि आमालाइ अमेरिका लगियो । बोनी कपुर पनि श्रीदेवीको साथमा अमेरिका गए । अमेरिकामा डाक्टरले श्रीदेवीकी आमाको गलत सर्जरी गरे र उनको निधन भयो । पछि अस्पताललाई मुद्धा हालेर बाहिर सेटलमेन्ट हुँदा क्षतिपुर्ति वापत करिब १६ करोड रुपैया अस्पतालले दिएको थियो । यस प्रकरणमा बोनीले गरेको सहयोगबाट श्रीदेवी उनि प्रति झन् सकारात्मक भईन् । श्रीदेवीका पिताको पहिला नै निधन भैसकेको थियो । आमाको निधन पछि श्रीदेवीलाइ साथ दिन हरेक समय बोनी कपुर सँगै रहे र दुवैको प्रेम झन् गाढा भयो । 

बोनी कपुर पहिला नै विवाहित र एक छोरा (अर्जुन कपुर) र एक छोरीका पिता थिए । विवादका विच दुवैले विवाह गरे । दुवैको पृष्ठभुमि फरक थियो । श्रीदेवी दक्षिण भारतकी र बोनी कपुर पंजावी परिवारबाट थिए । विवाह पछि श्रीदेवीले पंजावी रिति रिवाज सिकेर आफुलाई त्यसमा ढाल्ने पुरै कोशिश गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । विवाहपछि बोनी कपुरसँग दुई छोरीलाई जन्म दिएकी श्रीदेवीले बच्चाको हेरचाहका लागि भन्दै करिब १५ बर्ष फिल्मी क्यारियरबाट टाढा रहेकी थिइन् ।

१५ बर्ष पछि फिल्ममा कम्ब्याक गर्दै श्रीदेवीले इङलिश भिङलिश र मम फिल्ममा अभिनय गरेकी थिइन् । उनको शाहरुख खानसँग ‘जिरो’ फिल्म यसै बर्ष रिलिज हुने तयारीमा थियो ।   
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै