• २०८१ बैशाख ८ शनिबार

दाउरा प्रहार गरेर सम्धीको हत्या

kharibot

रुकुम ।  रुकुम पश्चिममा एकजनाले आफ्नै सम्धीलाई दाउरा प्रहार गरेर हत्या गरेका छन् । 

त्रिवेणी गाउँपालिका–५ झुल्काडाँगीका ४३ वर्षका खलवीर डाँगीले आफ्नै सम्धी सोही ठाउँका ५५ वर्षका टीकाराम ओलीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

यही फागुन ९ गते साँझ दुई जनाबीच सामान्य विवाद हुँदा डाँगीले ओलीको टाउकामा दाउरा प्रहार गरेको प्रहरीको भनाइ छ । दाउरा प्रहारबाट गम्भीर घाइते भएका ओलीको उपचारका लागि मेडिकल कलेज, कोहलपुर लगिएको थियो । 

उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक सुरेन्द्रकुमार स्वाँरले जानकारी दिनुभयो । दाउरा प्रहार गर्ने डाँगीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै