काठमाडौं । सर्वोच्च अदालतले केपी ओली सरकारले सिफारिस गरेका तीन राष्ट्रियसभा सदस्यलाई सपथ नगराउन अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश प्रकाश सिंह राउतको इजलासले यस्तो आदेश गरेको हो ।
शुक्रबार देउवा नेतृत्वको सरकारले राष्ट्रियसभा सदस्यका लागि सिफारिस गरेका तीनजनाले सर्वोच्च अदालतमा हालेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।
अघिल्लो सरकारले जाँदाजाँदै राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिबाट मनोनयनका लागि सिफारिस गरेका गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीले शुक्रबार सर्वोच्चमा रिट दायर गरेका थिए ।
केपी ओली प्रधानमन्त्री हुनासाथ पुरानो सिफारिसलाई उल्टाउदै नयाँ ३ जनालाई मनोनयनको लागि सिफारिस गर्नु र तत्कालै सिफारिस कार्यन्वयन गर्नुको कुनै वैध कारण नरहेको भन्दै रिट दायर गरेका थिए ।
प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुत्क भएपछि देउवा सरकारले सिफारिश गरेका तीन नामलाई खारेज गर्दै डा.युवराज खतिवडा, विमला राई पौडेल र रामनारायण बिडारीलाई सिफारिश गरेको थियो, जसलाई राष्ट्रपतिले सांसद मनोनित गरेकी थिइन् ।