• २०८१ बैशाख ८ शनिबार

फ्रेन्च लिगको बर्षको उत्कृष्ट खेलाडीको मनोनयनमा मेसी र नेइमार परेनन्

kharibot

काठमाडौँ । फ्रेन्च लिग वानको बर्षको उत्कृष्ट खेलाडीको मनोनयन सार्बजनिक भएको छ । युनियन अफ प्रोफेशनल फुटबलरले सार्बजनिक गरको मनोनयनमा पिएसजीका किलियन एम्बाप्पे रहेका छन्  ।

यस सूचीमा एम्बाप्पे बाहेक मोनाकोका विसाम बेन एडडर, लियोनका लुकास पाक्वेटा, मार्सेलीका डिमीट्री पाएट, रेन्नेजका मार्टिन टेर्रीएर रहेका छन् ।

एम्बाप्पेले यस सिजनको लिग वानमा २५ गोल गरेका छन् भने १५ गोल असिस्ट पनि गरेका छन् ।

पिएसजीले लिग वानको उपाधि जितेपनि यसका प्रशिक्षक माउरिसियो पोचेट्टीनोलाई बर्षको उत्कृष्ट प्रशिक्षकको मनोनयनमा राखिएको छैन । फ्रेन्च लिग वानको उत्कृष्ट प्रशिक्षकमा निस, रेन्नेज, मार्सेली, स्ट्रासबर्ग, नानटेजका प्रशिक्षक मनोनयनमा परेका छन् ।

यस सूचीमा पिएसजीका लियोनेल मेसी र नेइमारलाई यस सूचीमा समावेश गरिएको छैन । मेसीका यो सिजना पिएसजीमा खराब रह्यो । उनले केवल ४ गोल गरे भने १३ गोल असिस्ट गरे । त्यस्तै नेइमारले यस सिजनमा केवल ११ गोल गरे भने ६ असिस्ट गरेका थिए ।
           

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै