छ महिनापछि खुल्यो सिरहा क्याम्पसमा लगाइएको तालाबन्दी 

खरीबोट
ad

लहान । करिब छ महिनादेखि सदरमुकाम सिरहास्थित सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पसमा लगाइएको तालाबन्दी आज खुलेको छ । 

क्याम्पसमा तालाबन्दी गरेको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन९अनेरास्ववियु० र क्याम्पस प्रशासनबीच हिजो आइतबार भएको वार्तामा सहमति भएपछि आजबाट तालाबन्दी खोलिएको हो । 

क्याम्पस प्रशासनसँग सात बुँदे सहमति भएपछि गत असोज पहिलो सातादेखि लगाइएको तालाबन्दी खोलिएको अनेरास्ववियु सिरहाका अध्यक्ष सुदन कुसियैतले जानकारी दिए । 

गैरकानूनी नियुक्तिमा रोक लगाउनुपर्ने, आर्थिक पारदर्शीता गर्नुपर्ने, शुल्क वृद्धि रोक्नुपर्ने, क्याम्पसमा शैक्षिक सुधारलगायतका आफूहरुका माग फागुनभित्र पूरा गर्ने गरी सहमति भएको अध्यक्ष कुसियैतले बताए । 

क्याम्पस प्रशासनले लिएको समयभित्र माग पूरा गर्ने प्रक्रिया अघि नबढाइए कडा आन्दोलन गर्ने अध्यक्ष कुसियैतले बताए । 

क्याम्पसमा देखा परेका सबैखाले समस्याको निकास दिन आफू सक्रिय भएर लाग्ने निमित्त क्याम्पस प्रमुख कृष्णकुमार यादवले बताए । छ महिनादेखिको तालाबन्दीका कारण सिरहा क्याम्पसको पठनपाठन प्रभावित हुँदै आएको थियो ।

सम्बन्धित समाचार

सिरहामा छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु

सिरहा । सिरहाको छुट्टाछुटै स्थानमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार र धनगढीमा गए राति भएको सवारी दुर्घटनामा दुई जना र पोखरीमा डुबेर एकको मृत्यु

सिरहामा छोराको कुटाइबाट घाइते बुबाको मृत्यु

सिरहा । आफ्नै छोराको कुटपिटबाट गम्भीर घाइते भएका सिरहाको लहान नगरपालिका–१८ मनर्वामा बस्ने एक व्यक्तिको मृत्यु भएको छ । घरायसी विवादमा २५ वर्षीय छोरा सञ्जय सदायको कुटपिटबाट गम्भीर घाइते भएका ४५

कमला नदीमा डुबेका ३ बालकमध्ये एकको शव भेटियो

सिरहा। सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीमा डुबेर हिजो साँझबाट बेपत्ता भएका सिरहाका तीन बालकमध्ये एक जनाको शव आज बिहान फेला परेको छ भने दुई जना अझै बेपत्ता छन्

सिरहामा रू. सात लाखबराबरको चोरी

सिरहा । सिरहाको लहान नगरपालिका–३ रघुनाथपुरस्थित डगराहा टोलमा शुक्रबार राति करीब रू. सात लाखबराबरको गरगहना तथा धनमाल चोरी भएको छ । घरमा कोही नभएको बेला मौका छोपी स्थानीय देवनाथ यादवको घरबाट