• २०८१ बैशाख ७ शुक्रबार

नेप्सेमा ४४ अंकको बृद्धि

kharibot

काठमाडौँ । मंगलबार नेप्सेमा ४४ अंकले वृद्धि भएको छ ।  यस अघि सोमबार १२ अंकले बढेको नेप्से आज ४४.१६ अंकले बढेर २३१३ अङ्कमा पुगेर बन्द भएको छ । 

मंगलबार बढेको नेप्से बजारमा सेन्सेटिभ इन्डेक्स ७.६७ अंकले बढेर ४४७.१४ अंकमा पुगेको छ । त्यस्तै फ्लोट इन्डेक्स ३.२६ अंकले बढेर १५८.२३ अंकमा पुगेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स २.९३ अंकले बढेर १४३.०२ अंकमा पुगेको छ ।    

नेप्सेमा आज ३३ लाख ३० हजार १५० कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३५ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेमा आज २२६ कम्पनीको सेयर खरिदबिक्री  भएको छ ।

मंगलबार कारोबार भएका सबै उपसूचकको मुल्य बढेको छ । आज कारोबार भएको हाइड्रो उपसूचकको मुल्य ३.८० प्रतिशतले बढेको छ भने फाइनान्स उपसूचकको ३.२७ प्रतिशतले बढेको छ ।

मंगलबार बरुण हाइड्रो, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र एनगाडी हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

त्यस्तै आज एनआईबिएल समृद्धि फण्ड-२ को शेयर मुल्य सबैभन्दा बढी ४.८२ प्रतिशतले घटेको छ ।

आज सबै भन्दा बढी कारोबार एनगाडी हाइड्रोको सबै भन्दा कारोबार भएको छ । आज एनगाडी हाइड्रोको ९ करोड ९८ लाख भन्दा बढीको कारोबार भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै