• २०७९ श्रावण २३ सोमबार

मतदानको दिन पर्यटकका लागि सटल बस सेवा सञ्चालन गर्ने

kharibot

काठमाडौं । पर्यटकको सुविधाका लागि स्थानीय तह निर्वाचनको मतदानको दिन पर्यटन बोर्डले सटल बस सेवा सञ्चालन गर्ने भएको छ ।

हवाई यात्रुहरूलाई विमानस्थल र होटलबीच हुन सक्ने यातायातको असुविधालाई ध्यानमा राखी नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीको सहयोगमा सटल बस सेवा सञ्चालन गर्न लागेको हो । 

नेपाल टुरिस्ट भेहिकल एसोसिएसन र टुरिस्ट बस एसोसिएसन अफ नेपालसँगको सहकार्यमा बोर्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि विभिन्न होटल तथा होटलदेखि विमानस्थलसम्म सशुल्क सटल बस सेवा सञ्चालन गर्न लागेको हो । 

रुट १ मा एयरपोर्ट–एनएसी–होटल अन्नपूर्ण–होटल याक एण्ड यति–ठमेल चोक–लैनचौर चोक–शंकर होटल –एम्बासडर होटल –एयरपोर्ट सम्मको हुनेछ । 

त्यस्तै रुट २ मा एयरपोर्ट–होटल र्‍याडिशन–सांग्रिला होटल–नारायण गोपाल चोक–महाराजगंज चोक–हायात रिजेन्सी–चाबहिल चोक–होटल द्वारिका–एअरपोर्टसम्म हुनेछ । 

रुट ३ अन्तर्गत एयरपोर्ट–तीनकुने चोक–होटल एभरेष्ट–माइतीघर चोक–होटल हिमालयन–होटल सोल्टी–ग्रान्ड होटल–एअरपोर्टसम्म हुनेछ । सटल बस सेवा बापत प्रति व्यक्ति तीन सय रुपैयाँ शुल्क लाग्नेछ । उक्त शुल्क सेवा दिँदाका बखतमा सम्बन्धित सेवादाताले नै लिने समेत बोर्डले जनाएको छ । 

सम्बन्धित खबर

लोकप्रिय