• २०८१ बैशाख ८ शनिबार

पाकिस्तानी प्रधानमन्त्री शहबाज नवाज सरिफलाई भेट्न लण्डन पुगे

kharibot

इस्लामाबाद [पाकिस्तान] । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ पाकिस्तान मुस्लिम लिग-एन (पीएमएल-एन) का अध्यक्ष नवाज शरीफलाई भेट्न लन्डन पुगेको  स्थानीय सञ्चारमाध्यमले बुधबार  उल्लेख गरेका छन् ।

शहबाजको साथमा संघीय मन्त्रीहरू र पीएमएल-एन नेताहरू सम्मिलित प्रतिनिधिमण्डल रहेको छ ।

प्रतिनिधिमण्डलमा अहसान इकबाल, मिफ्ताह इस्माइल, अयाज सादिक, मरियम औरंगजेब, साद रफिक र ख्वाजा आसिफ रहेको  साम टिभीले आज  जनाएको छ ।

स्रोतहरू उद्धृत गर्दै डेली टाइम्सले  जनाएअनुसार नवाज शरीफले केही महत्त्वपूर्ण मुद्दाहरूमा पार्टी नेतृत्वसँग परामर्श गर्न आवश्यक छ जसमा पीएमएल-एनले "ठूलो निर्णय" लिने अपेक्षा गरिएको छ ।

लन्डनमा मिडियासँग कुरा गर्दै नवाजले उनी शहबाज शरीफ र उनीसँगै आउने अन्यलाई भेट्न उत्सुक रहेको बताएका छन् ।

भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका नवाज सन् २०१९ देखि स्वास्थ्य समस्या देखाउँदै लण्डनमा बस्दै आएका छन् ।

पाकिस्तानका पूर्व प्रधानमन्त्रीले  स्वास्थ्य परीक्षणको आधारमा लन्डनमा आफ्नो बसाइलाई लम्ब्याउन माग गरेका छन् ।

नवाजका अनुसार पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) को सरकारले पाकिस्तानलाई गहिरो आर्थिक सङ्कटमा छोडेको थियो ।

बैठक राति ८ बजे (पाकिस्तानी समय) मा हुने नवाजका छोरा हसन नवाजको स्टानहोप हाउसस्थित कार्यालयमा हुने बताइएको छ ।

गत महिना नवाजले पीपीपी अध्यक्ष बिलावल भुट्टो-जरदारीसँग पनि भेट गरेका थिए जो पछि पाकिस्तानको संघीय मन्त्री नियुक्त भएका थिए।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै