• २०८१ बैशाख ७ शुक्रबार

उत्तर कोरियामा पहिलो पटक आधिकारिक रूपमा कोरोना पुष्टि, देशभर लकडाउन

kharibot

देशमा कोरोना संक्रमण पुष्टि भएपछि शिर्ष अधिकारीहरुसँग छलफल गर्दै किम, तस्वीर: एनके न्यूज

काठमाडौँ । उत्तर कोरियामा पहिलो पटक कोरोना संक्रमणको आधिकारिक पुष्टि भएको छ । संक्रमण पुष्टि भएसँगै देशभर कडा लकडाउन घोषणा गरिएको छ । देशको सरकारी मिडियाका अनुसार देशको राजधानी प्योङयाङमा कोरोनाको ओमिक्रोन भेरियन्टको केस फेला परेको छ । यद्यपी कति जना संक्रमित भएका छन् भन्ने जानकारी भने दिइएको छैन ।

उत्तर कोरियाको सरकारी समाचार एजेन्सी एनके न्युजले उल्लेख गरेको छ - 'यो सबैभन्दा ठूलो आपतकाल हो जसले देशको क्वारेन्टाइन नियमहरू अपर्याप्त साबित गरेको छ । देशका सर्वोच्च नेता किम जोङले ती अधिकारीहरूसँग आकस्मिक बैठक गरेका छन् ।'

उत्तर कोरियाबाट पहिलो पटक कोरोना संक्रमणको खबर आएपनि यो संक्रमणबाट देश अछुतो नरहेको विज्ञहरुको विश्वास छ । देशमा संक्रमण लामो समयदेखि रहेको हुनुपर्छ ।

उत्तर कोरियाले आफ्नो देशमा कोभिड–भ्याक्सिन कार्यक्रम सञ्चालन गरेको छैन । चीनले बनाएको सिनोभाक र रुसले बनाएको एस्ट्राजेनेका भ्याक्सिनको प्रस्तावलाई पनि उत्तर कोरियाले अस्वीकार गरेको छ ।

उत्तर कोरियाले कोरोना महामारीबाट टाढा रहन चालेको सबैभन्दा महत्त्वपूर्ण र पहिलो कदम भनेको आफ्नो सीमाना बन्द गर्नु थियो।

उत्तर कोरियाले महामारीको प्रारम्भिक चरणदेखि नै आफ्नो सीमाना बन्द गरेको थियो । जसका कारण मुलुकले गम्भीर आर्थिक अवस्था झेल्नुपरेको थियो । नाका बन्द हुँदा खाद्यान्न आपूर्ति बन्द भएको थियो ।

महामारीको प्रारम्भिक चरणमा यस्ता धेरै रिपोर्टहरु आएका थिए, जसमा देशमा कोरोनाका धेरै केसहरु रहेकोमा आशंका गरिएको थियो ।

छिमेकी मुलुक दक्षिण कोरिया र चीनमा कोरोनाका बिरामी देखिए पनि उत्तर कोरियामा कसरी संक्रमित छैनन् भन्नेमा पनि आश्चर्य व्यक्त गरिएको छ ।

यतिबेला चीन फेरि एकपटक बढ्दो कोरोना संक्रमितसँग लडिरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै