• २०८१ बैशाख ७ शुक्रबार

प्रचण्डलाई निर्वाचन आयोगले फेरी सोध्यो स्पष्टिकरण

kharibot

काठमाडौँ । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ८ घण्टे स्पष्टीकरण सोधेको छ । मौन अवधिमा प्रचारप्रसारमा स‌ंलग्न भएको भन्दै आयोगले प्रचण्डलाई स्पष्टीकरण सोधेको हो ।

बिहीबार माडी नगरपालिका वडा नम्बर ५ मा रहेको होटेल प्याराडाइज र भरतपुर महानगरपालिकाको चनौली र दिव्यनगरमा उम्मेदवार र कार्यकर्तालाई भेटी मत मागेका विषयमा आयोगले स्पष्टीकरण सोधेको हो ।

आयोगले पत्र प्राप्त भएको समयले ८ घण्टाभित्र आयोगमा लिखित जवाफ पेस गर्न पनि प्रचण्डलाई अनुरोध गरेको छ ।

यसअघि पनि आयोगले प्रचण्डलाई आचारसंहिताविपरीत अभिव्यक्ति दिएको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै