• २०८१ बैशाख १२ बुधबार

मतदान गरेपछि प्रचण्ड भन्छन्- जित र हार निर्वाचनको स्वभाविक प्रक्रिया हो

kharibot

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिका–१४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेका छन् ।

मतदान पछि सञ्चारकर्मीसंग कुराकानी गर्दै उहाँले भयरहित वातावरणमा आत्मविश्वासका साथ स्वतन्त्रतापूर्वक मतदान सहभागी हुन मतदातालाई  अपिल गरे । उनले भने- 'उनले स्थानीय तह नै जनताको विश्वास, समृद्धि, शान्ति र स्थिरताको आधारशीला भएको हो ।' 

सञ्चारकर्मीको एक जिज्ञासामा उनले भने- 'जित्ने र हार्ने कुरा निर्वाचन प्रक्रियामा स्वभाविक हो भनेर मान्नुपर्छ । यो गठबन्धन देशका सबै तह, तप्का र जनताको बीचबाट जन्मिएको हो ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै