• २०८१ बैशाख १३ बिहीबार

मतदानको निर्धारित समय सकियो- निर्वाचन आयोग

kharibot

काठमाडौं । स्थानीय तह निर्वाचनको मतदानाको समय सकिएको छ । निर्वाचन आयोगले दिएको समयअनुसार शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न सकिने थियो । तर, ५ बजेभित्र लाइनमा बसेकाले भने मतदान गर्न पाउने आयोगले जनाएको छ ।  

देशभर शुक्रबार स्थानीय तहको निर्वाचन भएको हो । निर्वाचनमा कति प्रतिशत मत खसेको हो भन्ने अन्तिम विवरण आउन बाँकी रहेको छ । 

देशका केही स्थानमा झपड र विवाद भए भने सर्लाहीको धनकौलमा भएको तनावपूर्ण अवस्थालाई नेपाली सेनाले नियन्त्रणमा लिनुपरेको थियो ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै