• २०८१ बैशाख ७ शुक्रबार

न्युजिल्याण्डका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

kharibot

वेलिङटन । न्युजिल्याण्डका प्रधानमन्त्री जासिन्डा आर्डर्नलाई कोरोना भाइरस संक्रमण भएको छ ।

प्रधानमन्त्री जासिन्डा आर्डर्नलाई कोरोनाको संक्रमण देखिएको शनिबार जनाइएको छ । उनले आइतबार सो कुरा जानकारी गराएकी छन्  ।

शनिबार बिहान उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै आफूलाई कोरोना भाइरस भएको बताएकी हुन् ।

आफू परिवारका साथ घरमा रहेको र आजदेखि घरमै एकान्तवास बस्ने जानकारी पनि गरायेकीइ थिइन् ।

उनले सामाजिक सञ्जालमा आफूले कोरोना भाइरसका विरुद्धमा विभिन्न सतर्कता अपनाउँदा पनि भाइरस देखिएको बताएकी हुन्  ।

प्रधानमन्त्री जासिन्डा आर्डर्नका सहयोगी पनि संक्रमित भएकाले आफू र सहयोगीले घरबाटै कार्यालयको काम गर्नेगरी व्यवस्था मिलाएको पनि उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।

हाल न्युजिल्याण्डमा दैनिक ७ हजारभन्दा बढी नागरिकमा कारोना भाइरसको संक्रमण हुने गरेको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै