• २०८१ बैशाख ७ शुक्रबार

धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार हमालको शुरुवाती अग्रता

kharibot

धनगढी । सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवाती अग्रता लिएका छन् । पछिल्लो अपडेट अनुसार सय मतगणना हुँदा हमालले ५५ मत पाएका छन् ।

यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले २२, नेकपा एमालेका रणबहादुर चन्दले २ मत पाएका छन् । २१ मत बदर भएको छ ।

यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले अग्रता लिएकी छन् ।

अहिले वडा नम्बर १ को मतगणना भैरहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै