• २०८१ बैशाख १२ बुधबार

मतगणना सुस्त, अहिलेसम्म कुन दलले कुन पालिका जिते ?

kharibot

काठमाडौँ । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना जारी रहेको छ । देशका विभिन्न स्थानीय तहको जारी मत गणनामा नेपाली काँग्रेसले धेरै स्थानमा अग्रता लिएको छ भने नेकपा एमाले दोस्रो स्थानमा रहेको छ । धेरै उम्मेदार रहेका कारण धेरै जसो पालिकामा मतगणना सुस्त गतिमा भैरहेको देखिएको छ ।

यसैबीचमा केहि स्थानीय तहको मत गणना समाप्त भएर अन्तिम नतिजा समेत आइसकेको छ ।

अहिलेसम्म प्राप्त अन्तिम नतिजा अनुसार २३ स्थानीय तहको परिणाम आएको छ । जसमा नेकपा एमालेले १० स्थानीय तहको प्रमुख जितेको छ भने काँग्रेसले ८, नेकपा माओवादी केन्द्रले ३ र एकीकृत समाजवादीले २ पालिका प्रमुखमा जित हासिल गरेका छन् ।

अन्तिम नतिजा आएका पालिका : 

एमाले

१- शे फोक्सुण्डो गाउँपालिका (डोल्पा)- धावा सन्दुक गुरुङ
२- चामे गाउँपालिका (मनाङ)- लोकेन्द्रबहादुर घले 
३- मनाङ ङिस्याङ गाउँपालिका (मनाङ)- कान्छा घले
४- वारागुङ मुक्तिक्षेत्र गाउँपालिका (मुस्ताङ)- रिङजीन नामगेल गुरुङ
५- लो-घेकर दामोदरकुण्ड गाउँपालिका (मुस्ताङ)- लोप्साङ छोम्पेल विष्ट
६- लोमान्थाङ गाउँपालिका (मुस्ताङ)- टसी न्हर्वु गुरुङ
७- साइपाल गाउँपालिका (बझाङ) - मानबीर बोहरा
८- थलारा गाउँपालिका (बझाङ)- प्रकाश बहादुर रोकाया  
९- बौँदीकाली गाउँपालिका (नवलपरासीपूर्व)- प्रकाश ओझा
१०-  खुम्बु पासाङल्हामु गाउँपालिका (सोलुखुम्बु)- मिङमा छिरी शेर्पा  

नेपाली काँग्रेस

१- घरपझोङ गाउँपालिका (मुस्ताङ)- मोहनसिंह लालचन
२- नार्पाभूमि गाउँपालिका (मनाङ)- कोन्जो तेन्जिङ लामा 
३- नासों गाउँपालिका (मनाङ)- धनबहादुर गुरुङ
४- गन्यापधुरा गाउँपालिका (डडेल्धुरा)- इन्द्रबहादुर कार्की
५- रेसुंगा नगरपालिका (गुल्मी)- खिलध्वज पन्थी
६- गुल्मीदरबार गाउँपालिका (गल्मी)- सरोजकुमार थापा 
७- बडीकेदार गाउँपालिका (डोटी)- भैरवबहादुर साउद
८- खार्पुनाथ गाउँपालिका (हुम्ला)- कर्ण बहादुर रावल   

  
माओवादी केन्द्र :

१- जगदुल्ला गाउँपालिका (डोल्पा)- नारा सिंह रोकाया
२-नौमुले गाउँपालिका (दैलेख)- छविराम सुवेदी
३- ताराखोला गाउँपालिका (बाग्लुङ)- धनबहादुर विक

एकीकृत समाजवादी  

१- काइके गाउँपालिका (डोल्पा) - अंगद कुमार राना
२- छार्का ताईसोइ गाउँपालिका (डोल्पा)- सेनाङ गुरुङ    
 

(अपडेट गरिएको)

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै