• २०८१ बैशाख ६ बिहीबार

स्वतन्त्र उम्मेदवार, जसले ल्याए तरंग !

kharibot

काठमाडौं । देशभरका ७ सय ४२ स्थानीय तहमा मतगणना जारी रहँदा केही महत्वपूर्ण स्थानीय तहमा स्वतन्त्र उम्मेदवारहरूले सुरुवाती अग्रता हासिल गरेपछि माहोल तरंगित बनेको छ । वर्षौंसम्म सत्तामा रहेका ठूला दलहरू नेकपा एमाले र नेपाली काँग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनलाई समेत पछि पार्दै केहि स्वतन्त्र उम्मेदवारले अग्रता बनाइरहेका छन् । 
अग्रता लिएका चर्चित स्वतन्त्र उम्मेदवारहरू हुन्, बालेन शाह, मनोजकुमार साह र गोपाल हमाल ।

बालेन सङ्‍घीय राजधानी भएको काठमाडौं महानगरपालिकाको प्रमुख पदका उम्मेदवार हुन् । युवा उम्मेदवार बालेनले नेकपा एमालेका उम्मेदवार केशव स्थापित र पाँच दलीय गठबन्धनको उम्मेदवार सिर्जना सिंहले पछि पारेका छन् । बालेनले अग्रता लगातार लिइरहेपछि समर्थकहरूले राष्ट्रियसभा गृह क्षेत्रमा खुसियालीस्वरुप नाराबाजी गरिरहेका छन् ।

काठमाडौं महानगरपालिकापछि अर्को चर्चित स्वतन्त्र उम्मेदवारले अग्रता जारी राखेको उपमहानगरपालिका हो– जनकपुर उपमहानगरपालिका । मधेस प्रदेशको राजधानी रहेको यो उपमहानगरपालिकामा मनोजकुमार साहले पाँच दलीय गठबन्धन र एमालेका उम्मेदवारलाई लगातार पछि पारेका छन् । उनी काँग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका हुन् ।  जनकपुरमा गठबन्धनका उम्मेदवार निकै पछि परेका छन् । २०७४ सालको निर्वाचनमा उनी लालकिशोरको निकटतम प्रतिद्वन्द्वी थिए ।  जतिबेला लालकिशोर राष्ट्रिय जनता पार्टीबाट निर्वाचित भएका थिए । 

त्यस्तै स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुदूरपश्चिमको एक मात्र उपमहानगर धनगढीमा मेयर पदमा अग्रता बनाईरहेका छन् ।  गत स्थानीय तहको निर्वाचनमा काँग्रेसका नृप बडूसँग पराजति भएका हमाल यस पटक अहिलेसम्म अग्रता बनिरहेका छन् । 

यति मात्र होइन कैयौं उम्मेदवारले बिभिन्न वडामा पनि काँग्रेसबाट बागी बनेर या अन्य दलमा गएर चुनाव जितेका छन् । यसमा सबै भन्दा चर्चित प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको वडा बनेको छ । प्रधानमन्त्री देउवाले मतदान गरेको वडामा काँग्रेस पराजित भएको छ । 

डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ मा नेपाली कांग्रेस (बीपी)ले नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गरेको हो । यस वडामा काँग्रेस बीपी करुवा चुनाव चिन्हमा उठेको थियो । कांग्रेस बीपीका नरेश भण्डारीले काँग्रेसका उम्मेदवार चन्द्र देउवालाई पराजति गरेका छन् ।

त्यस्तै बुटवल उपमहानगरपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत बिजयी भएका छ्न । उनी पुतली चुनाव चिह्नबाट चुनावी मैदानमा उत्रिएका थिए । 

अहिले ठुला भनेका दलहरुले आफुले पाएको अवसरको सदुपयोग नगरेका कारण कम मतदान भएको र मतदानमा भाग लिएका मतदाताको आकर्षण स्वतन्त्र उम्मेदवारमा बढेको विश्लेषण भैरहेको छ । यद्यपी अहिले अति शुरुवाती मत परिणाम भएकाले पुरै मतदाताको मुड अनुमान गर्न अलि हतार हुने भएपनि दलहरुले आफ्ना एजेण्डा र कार्यक्रम स्पष्ट रुपमा कार्यान्यवनमा ध्यान नदिए आउदा दिनमा अझ तरंगित हुने किसिमका परिणाम आउछन भन्ने अनुमान भने गर्न सकिन्छ ।      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै