• २०८१ बैशाख ७ शुक्रबार

पिएसजीको जितमा मेसीको दुई गोल

kharibot

काठमाडौं । स्टार खेलाडी लियोनेल मेसीको दुई गोल मद्दतमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वान अन्तर्गत शनिबार राति भएको खेलमा मोन्टपेलिएरलाई ४-० अन्तरले पराजित गरेको छ ।

घरेलु टोली मोन्टपेलिएरविरुद्ध मेसीले दुई गोल गर्दा केलियम एम्बाप्पे (पेनाल्टी)  र एन्जल डि मारियाले एक-एक गोल गरे ।  मेसीको दुबै गोलमा एम्बाप्पेले अन्तिम बल उपलब्ध गराएका थिए ।

यसअघि नै फ्रेन्च लिगको उपाधी जितेको पिएसजीको ३७ खेलबाट ८३ अंक छ । दोस्रो स्थानको मोनाको १५ अंकले पछि पर्दा पराजित मोन्टपेलिएर ४३ अंक जोडेर १३औं स्थानमा छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै