• २०८१ बैशाख ११ मंगलबार

चितवनको माडीका दुई वडामा राप्रपा विजयी

kharibot

चितवन । चितवनको माडी नगरपालिकाका दुई वडामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जित हासिल गरेको छ । माडीको वडा नम्बर १ र ८ को वडा अध्यक्षमा राप्रपा विजयी भएको हो । 

नेपाली काँग्रेसको गढ मानिने माडी नगरपालिका–१ मा राप्रपाका अमित कुमार लामाले १४३३ मत ल्याएर विजयी भएका हुन् । उनी यसअघि सोही वडाको वडा सदस्य थिए ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जीवन चौधरीले ९४३ मत ल्याए ।  त्यस्तै नेकपा एमालेका टीकाराम सुवेदीले १२६ मत मात्रै प्राप्त गरेका छन् । यस वडामा सदस्यहरुमा पनि राप्रपाकै उमेदवारहरु विजयी भएका छन् । 

त्यस्तै माडीको वडा नम्बर ८ को वडाध्यक्षमा राप्रपाका वीरेन्द्र भण्डारी निर्वाचित भएका छन । राप्रपाका माडी नगर अध्यक्ष समेत रहेका भण्डारीले नेकपा (एमाले)का उम्मेदवार तथा पूर्व वडाध्यक्ष कृष्णराज अधिकारीलाई पराजित गरेका हुन् । भण्डारीले ६५४ मत पाउँदा अधिकारीले ५८९ मत पाएका छन् ।

यस वडामा वडाध्यक्ष बाहेक दलित महिला सदस्य र खुला सदस्यपदहरु एमालेले जितेको छ भने महिला वडा सदस्यमा राप्रपा र एमाले उम्मेदवारले ५५१ बराबरी मत ल्याएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै