• २०८१ बैशाख ७ शुक्रबार

'देखिस् कांग्रेस एमाले, जनताले भोट काँ हाले' भन्दै बालेनको पक्षमा नारा

kharibot

इलाम  । पहिलो स्थानीय तहको निर्वाचनमा क्लिन स्वीप भएको इलामको सन्दकपुर गाउँपालिकामा नेपाली कांग्रेसको पुनरोदय भएको छ ।

सन्दकपुर गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका तुला गुरुङ निर्वाचित भएपछि कांग्रेसको पुनरोदय भएको हो ।

उनले नेकपा एमालेका उदय राईलाई पराजित गरे । निवर्तमान अध्यक्षसमेत रहेका राईले तीन हजार २५८ मत पाउँदा गठबन्धनका उम्मेदवार तुला गुरुङले चार हजार २२३ मत पाएका छन् । यसअघि राईले गाउँपालिका अध्यक्ष जित्दा एउटा वडाध्यक्षबाहेक अरु सवै जनप्रतिनिधि  एमालेले जितेको थियो ।

वडा नम्बर १ मा माओवादीबाट निर्वाचित वडाध्यक्ष नन्द राई एमालेमा प्रवेश गरेका थिए । दोस्रो स्थानीय तहको निर्वाचनमा पार्टीले उनलाई टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार थिए । उनी एमालेका उम्मेदवार रहर कुमार राईसँग पराजित भएका छन् ।

उपप्रमुखमा गठबन्धनै तर्फबाट हरिबहादुर लुङ्गेली मगर निर्वाचित भएका छन् । लुङ्गेलीले तीन हजार ६२६ मत प्राप्त गर्दा नेकपा एमालेबाट उम्मेदवार भएकी तुलसादेवी सेडाईले दुई हजार ९८६ मत पाएकी छिन् । देउमाईमा दुईवटाको वडाध्यक्ष एमालेले जितेको छ ।

१ नम्बर वडामा रहर कुमार राई र ५ नम्बर वडामा यज्ञबहादुर गुरुङ, वडा नम्बर २ मा गठबन्धनको तर्फबाट एकिकृत समाजवादीका सनम राई वडाध्यक्ष निर्वाचित भएका छन् ।

वडा नम्बर ४ मा पनि गठबन्धनकै तर्फबाट जनता समाजवादी पार्टीका ढालबहादुर गुरुङ, वडा नम्बर २ मा नेपाली कांग्रेसका लिला बुर्जाले वडाध्यक्ष जितेका छन् ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै