• २०८१ बैशाख १३ बिहीबार

टेबलटेनिस पदक विजेता खेलाडीको स्वागत तथा बधाई

kharibot

काठमाडौं । दक्षिण एसियाली क्याडेट तथा जुनियर टेबलटेनिस प्रतियोगिताका पदक विजेता खेलाडीसहितको टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले सोमबार स्वागत गर्नुका साथै बधाइ दिएका छन् ।

त्रिपुरेश्वरस्थित राखेपको सभा कक्षामा आयोजित एक कार्यक्रमबीच सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले खेलाडीले आफ्नो कमजोरीलाई सुधार गर्दै आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा गर्विलो उपलब्धी हासिल गर्न र मिहिनेत गर्नु पर्नेमा जोड दिए ।

माल्दिभ्सको मालेमा २६ देखि २८ वैशाख सम्म भएको प्रतियोगितामा नेपालले १ रजत र २ कांस्य पदक जितेको थियो ।

नेपालबाट ४ पुरुष र ३ महिला गरी ७ खेलाडी सहभागी थिए । सहभागी सबै खेलाडी पदक जित्न सफल भए ।

क्याडेट महिला टिम इभेन्टमा इभाना थापा मगर, वियांका राई र शुभश्री श्रेष्ठले नेपाललाई रजत दिलाए । 

नेपालसहित ६ राष्ट्र सहभागी उक्त स्पर्धाको सेमिफाइनलमा नेपालले श्रीलंकालाई पराजित गर्दै भारतसंग स्वर्ण भिडन्तका लागि  पक्का गरेको थियो । फाइनलमा भने भारत विजयी भयो ।

जुनियर पुरुष टिममा संयोग कपाली, रुविन महर्जन र प्रिन्स थापाले कांस्य जिते । क्याडेट पुरुष युगलमा प्रीन्स थापा र उज्ज्वल मानन्धरको जोडीले कांस्य चुमे । 

राउन्ड रोविन लिगका आधारमा भएको दुवै स्पर्धामा नेपालसहित ५ राष्ट्रले भाग लिएका थिए । प्रीन्स बुटवलमा भएकाले कार्यक्रममा उपस्थित हुन सकेनन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै