• २०८१ बैशाख १३ बिहीबार

पञ्जावलाई हराउदै दिल्ली क्यापिटल्स चौथो स्थानमा उक्लियो

kharibot

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले पञ्जाव किंग्सलाई १७ रनले पराजित गरेको छ ।

दिल्ली क्यापिटल्सले दिएको १६० रनको लक्ष्य पछाएको पञ्जाव किंग्सले २० ओभरमा ९ विकेट गुमाउदै १४२ रन मात्र बनाएपछि खेल १७ रनले हारेको हो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाउदै १५९ रन बनाएको थियो ।

यो जितसँगै दिल्ली क्यापिटल्स अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ ।

दिल्लीको १३ खेलमा सातौ जितसहित १४ अंक हासिल गर्दै चौथो स्थानमा उक्लिएको हो । १३ खेलमा १४ अंक नै भएको रोयल च्यालेन्जर्स बैंगलोर रनरेटको आधारमा पाँचौ स्थानमा झरेको छ ।

त्यस्तै यो खेलमा हार बेहोरेसँगै पञ्जाव किंग्सको प्लेअफको यात्रा मुश्किल बनेको छ । पञ्जावको १३ खेलमा १२ अंक छ भने अब प्लेअफका लागि अन्तिम खेलमा जित हासिल गरेपनि अन्य खेलको नतिजामा भरपर्नु पर्ने भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै