• २०८१ बैशाख ६ बिहीबार

आर्सनल न्यूक्यासलसँग स्तब्ध

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत न्यूक्यासल युनाइटेडले आर्सनललाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा न्यूक्यासलले आर्सनललाई २-० गोल अन्तरले पराजित गरेको हो ।

न्यूक्यासलको जितमा ब्रुनोगुइमाराएजले एक गोल गरेका थिए भने एक गोल आर्सनलका बेन ह्वाइटले आत्मघाती गोल गरेका थिए ।

प्रिमियर लिगमा आर्सनलको यो लगातार दोस्रो हार हो । यो हारपछि आर्सनल शिर्ष चारमा यो सिजन टुंगाउने सम्भावना कम देखिएको छ । अब शिर्ष चारमा यस सिजनको अन्तिम खेल जितेपनि हाल चौथो स्थानमा रहेको टोटनह्यामको खेलको नतिजामा भरपर्नु पर्ने भएको छ । आर्सनलको ३७ खेलमा ६६ अंक रहेको छ । र लिगमा पाँचौ स्थानमा छन् ।

त्यसैगरी न्यूक्यासलको भने ३७ खेलमा ४६ अंक छ र लिगमा १२औं स्थानमा रहेको छ ।
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै