• २०८१ बैशाख ८ शनिबार

काठमाडौँ महानगर अपडेट: बालेनले कटाए १० हजार मत

kharibot

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । पछिल्लो अपडेट अनुसार बालेन शाहले १०३१६ मत ल्याएर अग्रता बनाइरहेका छन् ।

बालेन एमालेका उम्मेदवार केशव स्थापितभन्दा ४८२५  मतले अगाडी रहेका छन् । केशव स्थापितले ५४९१ मत पाएका छन् ।

त्यस्तै गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी उमेदवार सिर्जना सिंहले ४७७७ मत प्राप्त गरेकी छन् ।

त्यसैगरी उपमेयरमा भने नेकपा एमालेकी सुनिता डंगोलले ९८५८ मत पाएकी छन् भने एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २८१७ र राप्रपाकी विनिता मगैयाले २००४ मत पाएकी छन् ।

काठमाडौँ महानगरको वडा नम्बर १ र २ को मतगणना सकिएको छ र दुवै वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अहिले वडा नम्बर ४, ५, ६ र ३१ को मत गणना भइरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै