• २०८१ बैशाख १२ बुधबार

कृष्णनगर नगरपालिकाको मेयरमा राप्रपाको अग्रता

kharibot

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको मेयरमा राप्रपाका उम्मेद्वार दिपक रजौरियाले अग्रता लिइरहेका छन् ।

कृष्णनगरमा सोमबार मध्यान्नसम्म सार्वजनिक मत परिणाम अनुसार राप्रपाका उम्मेद्वार रजौरियाले १९०१ मत ल्याएर अगाडी रहेका छन् ।

त्यस्तै रजौरियालाई कांग्रेसका मेयरका उम्मेद्वार रजतप्रताप शाहले पछ्याइरहेका छन् । शाहले १८५९ मत ल्याएका छन् ।

त्यस्तै माओवादी केन्द्रका उम्मेद्वार जावेद खाँले १४९० मत ल्याउँदा एमालेका कुणाल प्रताप शाहले पनि १३६० मत पाएका छन् ।

अहिलेसम्म कृष्णनगरमा चौपक्षीय भीडन्त देखिएको छ ।

त्यस्तै उपमेयरमा कांग्रेकी उम्मेद्वार आरतिदेवी चौधरी १९३९ मतका साथ अगाडी छिन् भने एमालेकी उम्मेद्वार विमलेश मौर्याले १०५६  र जसपाकी उम्मेदवार आरति सिंहले १०२६ मत ल्याएकी छन् ।   माओवादी केन्द्रकी उम्मेद्वार पुष्पा तिवारीले ८२० मत ल्याएकी छन् ।

अहिलेसम्म कृष्णनगर नगरपालिका ४ वडाको मत गणना सकिएको छ  । जसमा वडा नम्बर १ को वडाध्यक्षमा राप्रपाका तुंगनाथ चौधरी, वडा नम्बर २ मा एमालेका वडाध्यक्ष उम्मेद्वार कृष्णकुमार गुप्ता,  वडा नम्बर ३ को वडाध्यक्षमा एमालेकै सगिर अहमद खाँ र ४ को वडा अध्यक्षमा काँग्रेसका घनश्याम बानियाँ विजयी भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै