• २०८१ बैशाख १३ बिहीबार

श्रीलंकाको परिस्थिति कठिन रहेको भन्दै प्रधानमन्त्रीद्धारा सबैले मिलेर काम गर्न आह्वान

kharibot

कोलम्बो । श्रीलंकाका लागि अहिले कठिन समय रहेको प्रधानमन्त्री रनिल विक्रमासिंघेले बताएका छन् ।

उनले देशको आर्थिक अवस्था केही महिनादेखि नै संकटपूर्ण रहेको र त्यो अवस्था दिन प्रतिदिन बिग्रिदै गएको भन्दै यस्तो परिस्थितिमा सबैले आपसमा मिलेर काम गर्नुपर्ने बताएका छन् ।

उनले सोमबार साँझ एक सन्देशमा भएका छन्– यतिखेर देश निकै नै अप्ठेरो अवस्थामा छ, हामी सबैले यस्तो अवस्थामा मिलेर काम गर्नुपर्ने अवस्था छ ।

दक्षिण एसियाली मुलुक यतिखेर आर्थिक तथा राजनीतिक संकटमा गुज्रिएको छ । तर यहाँ राजनीतिक संकटका समयमा पनि आन्दोलन भने जारी नै रहेको छ ।

उता श्रीलंकामा सोमबारदेखि नौ घण्टे कफ्र्यु आदेश जारी गरिएको छ ।

सरकारले घोषणा गरेको कफ्र्यु सोमबार बेलुका ८ बजेदेखि लागू भइ बिहान पाँच बजेसम्म कायम रहने भएको छ ।

विभिन्न आरोपमा झण्डै २०० मानिसलाई पक्राउ गरेको भोलिपल्ट सरकारले कफ्र्यु आदेश जारी गरेको हो ।

विषेश गरेर आर्थिक संकट बढेपछि महंगी र अभाव पनि बढेको थियो र त्यही कारणले आम नागरिक आन्दोलित भएका थिए ।

केही दिनअघि राष्ट्रपति गोटावाय राजापाक्षले रनिल विक्रमासिंघेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

नवनियुक्त प्रधानमन्त्री विक्रमासिंघेले चाडै नै मुलुकको आर्थिक तथा राजनीतिक संकट समाधानको खाका तयार पार्ने अठोट व्यक्त गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै