• २०८१ बैशाख ७ शुक्रबार

कांग्रेसद्वारा प्रेमबहादुर देउवाको निधनप्रति दुःख व्यक्त

kharibot

काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाका सहोदर भाइ प्रेमबहादुर देउवाको निधनप्रति दुःख व्यक्त गरेको छ ।

सामाजिक व्यक्तित्व देउवाको ६७ वर्षको उमेरमा गए राति काठमाडौंमा उपचारका क्रममा निधन भएको हो ।
 
पार्टीका तर्फबाट केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी उनको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

कांग्रेसले उनिप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । स्व प्रेमबहादुरका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै