• २०८१ बैशाख ७ शुक्रबार

रुसले फिनल्याण्डका दुई कूटनीतिज्ञलाई देश निकाला गर्यो

kharibot

रुसी विदेशमन्त्री

काठमाडौँ । रुसले फिनल्याण्डका दुई कूटनीतिज्ञलाई देश निकाला गर्ने निर्णय गरेको छ ।

रुसी विदेश मन्त्रालयले दुई फिनल्याण्ड कूटनीतिज्ञको निष्कासनलाई गत महिना फिनल्याण्डमा दुई रुसीलाई निष्कासन गरेको प्रतिक्रियाको रूपमा आएको बताइएको छ ।

यसैबीच फिनल्याण्ड र स्विडेन नेटोमा सामेल हुने प्रक्रिया अगाडी बढाएका छन् ।

फिनल्याण्डको संसदले नेटोमा सामेल हुने प्रस्ताव अत्यधिक बहुमतले अनुमोदन गरेको छ भने स्वीडेनले उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) मा सामेल हुन अनुरोधमा हस्ताक्षर गरेको छ ।

त्यस्तै रुसले फिनल्याण्ड र स्विडेनलाई नेटोमा सामेल नहुन कडा चेतावनी दिदै आएको छ । रुसले बाल्टिक तटीय देशहरूको काउन्सिलबाट बाहिरिएको बताएको छ । एघार देशको यो समूहमा फिनल्याण्ड र स्वीडेन प्रमुख सदस्य हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै