• २०८१ बैशाख १२ बुधबार

पाल्पाको बगनासकालीमा एमाले विजयी

kharibot

रामपुर (पाल्पा) । पाल्पाको बगनासकाली गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का सरस्वती दर्लामी (चिदी) निर्वाचित भएकी छन् ।

निवर्तमान गाउँपालिका उपाध्यक्षसमेत रहेकी उनि छ हजार ४६६ मतसहित अध्यक्षमा विजयी भएका छन्।

उनका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिता अधिकारीले पाँच हजार ६३३ मत प्राप्त गरेकी छन् ।

उपाध्यक्षमा पनि एमालेबाटै हरिप्रसाद पाठक निर्वाचित भएका छन् । पाँच हजार ८७३ मतसहित उनि विजयी भएका छन् । 

उनक प्रतिस्पर्धी गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका खिमानन्द पाण्डेले चार हजार ७७८ मत प्राप्त गरेका निर्वाचन अधिकृत रवि न्यौपानेले जनकारी दिए ।

बगनासकालीको ९ वडामध्ये १, ६ र ९ मा कांग्रेसले र बाँकी सबैमा एमालेका उम्मेदवारले जितेको छ ।

यहाँ २०७४ को निर्वाचनमा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमालेबाट निर्वाचित भएको थियो । यससँगै जिल्लाको रम्भा गाउँपालिकाबाहेक नौ पालिकाको मतगणना कार्य सकिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै