काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी वर्ल्ड कप लिग-२ खेल अन्तर्गत अमेरिकामा हुने त्रिकोणीय सिरिजका लागि १५ सदस्यीय टिमको घोषणा गरेको छ ।
क्यानले बुधबार सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेका छन् ।
जसमा आसिफ सेख, कुशल भुर्तेल, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, आरिफ सेख, बिनोद भण्डारी, सुनिल धमला, देव खनाल, आदील अन्सारी, करण केसी, सोमपाल कामी, बिक्रम सोब, किशोर महतो र सागर ढकाल रहेका छन् ।
नेपालले अमेरिका र ओमानसहितको त्रिकोणीय सिरिज आगामी जुन ८ देखि १५ सम्म खेल्ने तालिका रहेको छ । खेल अमेरिकाको टेक्सासको पियरल्याण्डस्थित मूसा स्टेडियममा हुने छ ।
नेपाल अहिले आइसीसी वर्ल्ड कप लिग-२ मा १२ खेलमा ६ खेल जितेर १२ अंकसहित छैटौ स्थानमा रहेको छ । ७ देश रहेको यस समुहमा शिर्ष ३ टिम २०२३ को विश्वकप क्वालिफायरमा छनौट हुने छन् ।