• २०८१ बैशाख ८ शनिबार

स्याङ्जाको वालिङ नगरपालिकाको प्रमुखमा एमाले विजयी 

kharibot

वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । 

प्रमुखमा एमालेका कृष्ण खाण र उपप्रमुखमा कांग्रेसकी कविता तिवारी विजयी भएका छन् ।

खाणले कांग्रेसका दिलीपप्रताप खाणलाई दुई हजार १८० मतान्तरले पराजित गरेका छन् ।

कृष्णले १३ हजार ७७६ तथा उनका निकटतम प्रतिद्वन्द्वी दिलीप प्रतापले ११ हजार ५९६ मत पाएका छन् ।

 यस्तै उपप्रमुखमा तिवारीले ४८२ मतान्तरले एमालेकी खगिसरा थापालाई पराजित गरेकी छन् । तिवारीले १२ हजार ८२२ तथा थापाले १२ हजार ३४० मत प्राप्त गरिन् ।

थापा २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि उपप्रमुखमा पराजित भएकी थिइन् । 

चौध वडामध्ये एमाले वडा नं ३, ४, ६, ७, ८, ९, १२ र १३ मा तथा कांग्रेस वडा नं १, २, ५, १०, ११ र १४ मा विजयी भयो ।

विसं २०७४ मा प्रमुख, उपप्रमुखसहित सात वडामा कांग्रेस विजयी भएको थियो । कूल ३९ हजार ६५९ मतदाता रहेको वालिङमा कूल २६ हजार ७७४ (६७.५१ प्रतिशत) मत खसेको थियो । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै