• २०८१ बैशाख १२ बुधबार

यूरोपेली संघद्वारा युक्रेनलाई थप सहयोगका लागि ९ अर्ब यूरोको प्रस्ताव

kharibot

ब्रसेल्स । यूरोपेली संघ (ईयू) ले कीभलाई रूसी आक्रमणको सामना गर्नका लागि मद्दत गर्न यस वर्ष नौ अर्ब यूरो (९.५ अर्ब अमेरिकी डलर) बराबरको अतिरिक्त सहायताको प्रस्ताव बुधबार गरेको छ । 

ईयू प्रमुख उर्सुला भोन डेर लेयेनले उक्त प्रस्ताव यूक्रेनसँग गरिसकेको युरोपेली आयोगका एक अधिकारीले बताए ।

भोन डेर लेयेनले युद्ध समाप्त हुँदा युक्रेनको पुनर्निर्माणको बारेमा सोच्ने समय भएको साथै यूरोपेली राष्ट्रको ‘यो पुनर्निर्माण प्रयासको नेतृत्व गर्न रणनीतिक रुचि’ देखाइएको बताए ।

उनले अन्य देश तथा अन्तर्राष्ट्रिय संस्थाहरू पनि पुनर्निर्माण परियोजनाको सहभागी हुने विश्वास व्यक्त गरे ।

प्रस्तावमा अहिलेदेखि २०२७ सम्म २१० अर्ब लगानी गर्नुपर्ने माग गरिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै