• २०८१ बैशाख ५ बुधबार

मंगल ग्रहको धुलोले बढ्यो नासाको इनसाइट ल्यान्डरको समस्या

kharibot

काठमाडौँ । नासाको इनसाइट ल्यान्डर अब मंगल ग्रहको रहस्यमय सतहको भित्री भाग खुलासा गरेर रिटायरमेन्ट तर्फ अघि बढिरहेको छ ।

यो ल्यान्डर सन् २०१८ देखि मंगल ग्रहमा छ । यो ल्यान्डर रिटायर हुनुको मुख्य कारण बिजुली आपूर्ति हो । घट्दो बिजुली आपूर्तिका कारण, मिसन गर्मीको अन्त्यसम्म बन्द हुनेछ । नासाको जेट प्रोपल्सन ल्याबोरेटरीका इनसाइट डेपुटी प्रोजेक्ट म्यानेजर कात्या जामोरा गार्सियाले यसको पुष्टि गरेका छन् ।

इनसाइटको पावर सप्लाई पछाडि सौर्य प्यानलहरू छन् । यसको सौर्य प्यानलहरू मंगल ग्रहको रातो माटोले पूरै ढाकिएको छ । अहिले केही समयदेखि काम भइरहेको भए पनि मंगल ग्रहमा गर्मी सकिन लाग्दा यो अवस्था झनै बिग्रने छ । किनभने चिसो मौसममा मंगल ग्रहमा बढी धूलो उड्छ । मंगल ग्रहमा उडेको धुलोले सूर्यको किरण अवरुद्ध गर्नेछ, जसका कारण सोलार प्यानलको ब्याट्री अहिलेको जस्तो चार्ज हुन नसक्ने भएको हो ।

पहिलो दुई वर्षमा मिसनले लक्ष्य हासिल गरेको वैज्ञानिकहरूले बताएका छन् । लगातार ब्याट्री डाउनका कारण, ल्यान्डर ७ मे मा सुरक्षित मोडमा सारिएको नासाले जनाएको छ । अर्थात्, यसले अब अत्यावश्यक कार्यहरू बाहेक सबै काम रोक्नेछ । यो ल्यान्डर मंगल ग्रहमा अवतरण गर्दा प्रतिघण्टा ५ हजार वाट बिजुली उत्पादन गरिरहेको थियो । यो १.४० घण्टाको लागि इलेक्ट्रिक ओभन चलाउन पर्याप्त बिजुली थियो । तर, अहिले त्यसको दशौं भागको एक भाग मात्रै विद्युत उत्पादन गर्न सक्षम छ । अब यसले १० मिनेटको लागि मात्र ओभन चलाउन सकिन्छ ।

यदि यसको सोलार प्यानलहरू सफा गरिएमा रोभरको ब्याट्रीमा बढोत्तरी देखिने छ । स्पिरिट एण्ड अप्र्च्युनिटी रोभरमा देखेझैं कहिलेकाहीँ हावाबाट धुलो आफैँ सफा हुने वैज्ञानिकहरू बताउँछन् । रोभरको सोलार प्यानल सफा हुन्छ भन्ने आशामा बस्न नसक्ने वैज्ञानिकहरूले बताएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै