• २०८१ बैशाख ७ शुक्रबार

काठमाडौँमा बालेन ९ हजारभन्दा बढी मतले अगाडी

kharibot

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता कायम राखेका छन् ।

पछिल्लो अपडेट अनुसार बालेन शाहले १८ हजार ७९५ मत ल्याएर अग्रता बनाइरहेका छन् । 

बालेन एमालेका उम्मेदवार केशव स्थापितभन्दा ९१९९ मतले अगाडी रहेका छन् । केशव स्थापितले ९ हजार ५९६ मत पाएका छन् । त्यस्तै गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी उमेदवार सिर्जना सिंहले ९ हजार १७२ मत प्राप्त गरेकी छन् ।

त्यसैगरी उपमेयरमा भने नेकपा एमालेकी सुनिता डंगोलले १५ हजार ६७४ मत पाएकी छन् भने एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५ हजार १५ र राप्रपाकी विनिता मगैयाले ३४४९  मत पाएकी छन् ।

काठमाडौँ महानगरको वडा नम्बर १, २, ३ र ५  को मतगणना सकिएको छ र चारै वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अहिले वडा नम्बर ४, ६, २९, ३०, ३१ र ३२ को मतगणना भइरहेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै