• २०८१ बैशाख ८ शनिबार

फ्रान्कफर्टले जित्यो युरोपा लिगको उपाधि

kharibot

काठमाडौँ । युइएफए युरोपा लिगको उपाधि जर्मनी क्लब इनट्राच फ्रान्कफर्टले जितेको छ ।

गएराती सम्पन्न फाइनल खेलमा फ्रान्कफर्टले रेन्जर्स क्लबलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको हो ।

यस अघि निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले १-१ गोल गरेका थिए । रेन्जर्सले खेलको ५७औँ मिनेटमा गोल गर्दै शुरुवाती अग्रता लिएको थियो । रेन्जर्सका लागि जोए अरिबोले गोल गरेका थिए । त्यसपछि फ्रान्क फर्टले खेलको ६९औं मिनेटमा राफेल सान्तोसको गोलमा खेलमा कमब्याक गर्दै बराबरी गरेको थियो ।

निर्धारित ९० मिनेटमा बराबरी भएपछि ३० मिनेट अतिरिक्त समय खेलाइएको थियो । सो समयमा पनि गोल नभएपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो ।

पेनाल्टी सुटआउटमा रेन्जर्सका एरोन रामसीले पेनाल्टी मिस गरेका थिए ।

यो जितसँगै फ्रान्कफर्टले दोस्रो पटक युरोपा लिग जितेको छ । यस अघि फ्रान्कफर्टले सन १९८० मा उपाधि जितेको थियो ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै