• २०८१ बैशाख १२ बुधबार

टी-२० शृंखला- नेपालले दियो युगान्डालाई सय रनको लक्ष्य

kharibot

काठमाडौं । तेस्रो टी-२० शृंखलामा घरेलु टोली नेपालले युगान्डालाई जितका लागि एक सय रनको लक्ष्य प्रस्तुत गरेको छ । 

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धातिर २० ओभरमा ८ विकेट गुमाउँदै ९९ रन बनाएकाे हाे ।   

नेपालका लागि ओपनर ज्योति पाण्डेले सर्वाधिक ४७ रन बनाइन् । ५४ बलको सामना गरेकी ज्योतिले ५ चौका प्रहार गरेकी थिइन् । 

यस्तै, कप्तान रुविना क्षेत्रीले १८ रन बनाउँदा सीता राना मगरले १२ रन बनाइन् । सरिता मगर र कविता कुवँर शून्यमा आउट भए । 

बिन्दु रावल, इन्दु बर्मा, रोमा थापा र डल्ली भट्टले भने दोहोरो अंक जोड्न सकेनन् । 

युगान्डाको लागि फिओना कुलुमे, साराह एकिटेङ र कोन्सी अवेकोले समान दुई विकेट लिए । यस्तै,  जनित एमबाबाजी र रिता मुसामालीले एक विकेट लिए । 

नेपाल आज पहिलो जित निकाल्दै शृंखलामा पुनरागमन गर्न चाहन्छ । यता, युगान्डा भने लगातार तीन खेल जिँत्दै शृंखला आफ्नो पक्षमा पार्न चाहन्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै