• २०८१ बैशाख ७ शुक्रबार

नेप्सेमा दोहोरो अंकको गिरावट

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । अघिल्लो दिन सामान्य बढेको नेप्से विहिबार दोहोरो अंकमा घटेको छ । आज नेप्से २३.५१ अंकले घटेर २२५०.९१ विन्दुमा पुगेको हो ।

त्यस्तै आज सेन्सेटिभ इन्डेक्समा ३.८८ अंकको गिरावट देखिएको छ भने फ्लोट इन्डेक्स १.७१ अंकले घटेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट इन्डेक्स १.६७ अंकले घटेको छ ।

आज नेप्सेमा २१९ कम्पनिका ३७ लाख ९८ हजार २६३ कित्ता शेयर कारोबार भएका छन् । कुल २३ हजार ५६९ पटक कारोबार हुदा एक अर्ब ३० करोडको शेयर कारोबार भएको छ ।

त्यस्तै आज कारोबार भएको म्युचुअल फण्ड उपसूचक बाहेक अन्य सबै उपसूचकको मुल्य घटेको छ । आज कारोबार भएको जनरल इन्सुरेन्स कम्पनिको शेयर सबैभन्दा बढी ७.४५ प्रतिशतले बढेको छ ।

त्यस्तै आज कारोबार भएको लुम्बिनी जनरल इन्सुरेन्स कम्पनिको शेयर मुल्य सबै भन्दा बढी ७.०८ प्रतिशतले घटेको छ ।

विहिबार सबैभन्दा बढी प्रभु बैंकको प्रमोटर शेयरको कारोबार भएको छ । आज यस कम्पनिको १२ करोड ८१ लाखको कारोबार भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै