• २०८१ बैशाख ४ मंगलबार

प्रभु बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी बिच आकर्षक छुट सम्बन्धी सम्झौता 

kharibot

काठमाडौँ। प्रभु बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी बिच सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीमा आकर्षक छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । 

बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका तर्फबाट प्रमूख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्  । 

प्रभु बैंक र सिद्धार्थ बिजनेज ग्रुप विच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकका ग्राहकले सिद्धार्थ बिजनेस ग्रुपद्धारा सञ्चालित रिसोर्ट, होटल, रेस्टुरेण्ट, क्याफेमा फुड एण्ड वेभरेजमा १० प्रतिशत र लजिङ्ग सुविधामा २० प्रतिशत छुट प्राप्त गर्ने भएको छ । 

उक्त  सम्झौता अन्तर्गत सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीमा सुविधा लिनका लागि प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्युआर र पिओएस मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । 

यस सम्झौताबाट बैंकका ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै