• २०८१ बैशाख ७ शुक्रबार

चन्द्रागिरिको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

kharibot

काठमाडौँ ।  काठमाडौँको चन्द्रागिरि नगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार घनश्याम गिरी विजयी भएका छन ।

वैशाख ३० गते सम्पन्न मतदानको केहीबेर अगाडि सम्पन्न मतगणनामा नेकपा (एमाले)का उम्मेदवार उत्तमबहादुर राउतलाई पराजित गर्दै गठबन्धनका उम्मेदवार गिरी निर्वाचित भएका हुन् । विजयी गिरीले १५ हजार ४७५ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी राउतले १४ हजार ६५१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत सिर्जना थपलियाले राससलाई जानकारी दिइन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार अजय श्रेष्ठले एक हजार २१४ मत प्राप्त गरेका छन् । उक्त नगरपालिकाको प्रमुखमा १७ जनाले उम्मेदवारी दिएका थिए । विजयी गिरी यसअघि पनि सोही नगरपालिकाको प्रमुख थिए ।

उपप्रमुखमा नेकपा एमालेकी वसन्ती श्रेष्ठ निर्वाचित भएकी छन् । विजयी श्रेष्ठले १५ हजार ५६४ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार राष्ट्रिय जनमोर्चाका रोशन दानीले चार हजार ४५९ मत प्राप्त गरेका छन् । 

उक्त नगरपालिकाको उपप्रमुखमा १० हजारभन्दा बढी मत बदर भएको थियो । कूल १५ वडा रहेको चन्द्रागिरिमा कूल ४७ हजार २६४ मतदाता रहेकामा यो स्थानीय तहको निर्वाचनमा ३६ हजार ७०३ मत खसेको निर्वाचन कार्यालय चन्द्रागिरिले जनाएको छ । चन्द्रागिरि काठमाडौँ उपत्यकाभित्रकै सबैभन्दा ठूलो नगरपालिका हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै