काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् ।
पछिल्लो अपडेट अनुसार बालेन शाहले २५ हजार १८५ मत ल्याएर अग्रता बनाइरहेका छन् ।
बालेन एमालेका उम्मेदवार केशव स्थापितभन्दा ११ हजार ९८७ मतले अगाडी रहेका छन् । केशव स्थापितले १३ हजार १९८ मत पाएका छन् ।
त्यस्तै गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी उमेदवार सिर्जना सिंहले १२ हजार ४६० मत प्राप्त गरेकी छन् ।
त्यसैगरी उपमेयरमा भने नेकपा एमालेकी सुनिता डंगोलले १९ हजार ९५६ मत पाएकी छन् भने एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ६ हजार ३१६ र राप्रपाकी विनिता मगैयाले ३४४९ मत पाएकी छन् ।
काठमाडौँ महानगरको वडा नम्बर १, २, ३, ४ र ५ को मतगणना सकिएको छ र पाँचै वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अहिले वडा नम्बर ६, ७, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना भइरहेको छ ।