• २०८१ बैशाख ७ शुक्रबार

बालेनले कटाए २५ हजार मत

kharibot

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् ।

पछिल्लो अपडेट अनुसार बालेन शाहले २५ हजार १८५ मत ल्याएर अग्रता बनाइरहेका छन् । 

बालेन एमालेका उम्मेदवार केशव स्थापितभन्दा ११ हजार ९८७ मतले अगाडी रहेका छन् । केशव स्थापितले १३ हजार १९८ मत पाएका छन् ।

त्यस्तै गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी उमेदवार सिर्जना सिंहले १२ हजार ४६० मत प्राप्त गरेकी छन् ।

त्यसैगरी उपमेयरमा भने नेकपा एमालेकी सुनिता डंगोलले १९ हजार ९५६ मत पाएकी छन् भने एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ६ हजार ३१६ र राप्रपाकी विनिता मगैयाले ३४४९ मत पाएकी छन् । 

काठमाडौँ महानगरको वडा नम्बर १, २, ३, ४ र ५  को मतगणना सकिएको छ र पाँचै वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अहिले वडा नम्बर ६, ७, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना भइरहेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै