• २०८१ बैशाख ७ शुक्रबार

धनगढीमा स्वतन्त्र उम्मेदवार हमाललाई ८५ सयको अग्रता

kharibot

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा मतगणना जारी छ । यस उपमहानगरमा अहिलेसम्म ३७ हजार ५१५ मतगणना भएको छ ।

पछिल्लो अपडेट अनुसार मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले १७ हजार ७३ मत पाएका छन् ।

यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ८ हजार ५२० र नेकपा एमालेका रणबहादुर चन्दले ३ हजार ९८७ मत पाएका छन् । हमालले वडले भन्दा ८५५३ मत बढी ल्याएका छन् । 

यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ७ हजार ७८८ मतका साथ लिड गरिरहेकी छिन् । एमालेकी कन्दकला रानाले ६ हजार ९९९ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ४ हजार ३९७ मत पाएका छन्।

अहिलेसम्म वडा नम्बर १, २, ३, ४, १६, १७, १८ र १९ को मतगणना सम्पन्न भएको छ। शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै