• २०८१ बैशाख ७ शुक्रबार

बैंगलोरले गुजरातलाई हरायो, प्लेअफको सम्भावना कायमै

kharibot

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोर प्लेअफमा पुग्ने सम्भावना बढाएको छ ।

विहिबार राति सम्पन्न खेलमा गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गर्दै बैंगलोर आइपिएलको प्लेअफमा पुग्ने सम्भावनालाई जिवितै राखेको हो ।

गुजरातले दिएको १६९ रनको लक्ष्य पछाएको बैंगलोरले १८.४ मा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाउदै १६८ रन बनाएको थियो ।

यो जितपछि बैंगलोरको १४ खेलमा १६ अंक भएको छ र अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ ।

अब बैंगलोरको प्लेअफको यात्रा बारे  शनिबार हुने दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्सबीचको खेल पछि तय हुने भएको छ । सो खेलमा दिल्लीले जितेमा बैंगलोर प्लेअफमा नपुग्दै बाहिरिने छ भने दिल्ली हारेमा बैंगलोर प्लेअफमा पुग्ने छ ।

त्यस्तै बैंगलोरले गुजरातलाई पराजित गरेसँगै सनराइजर्स हैदरावाद र पञ्जाव किंग्सको प्लेअफको यात्रा टुंगिएको छ । हाल १३ खेलमा १२ अंक रहेका यी दुवै टिम अब प्लेअफमा पुग्ने छैनन् ।

जारी आइपिएलमा गुजरात शिर्ष स्थानमा रहँदै प्लेअफमा पुगेको छ भने लखनउ र राजस्थान रोयल्स पनि प्लेअफमा पुगिसकेको छ ।

अब प्लेअफमा पुग्ने चौथो टिम दिल्ली र बैंगलोर मध्ये एक हुने छ ।

जारी आइपिएलमा अब कोलकोता, पञ्जाव, सनराइजर्स, चेन्नई र मुम्बई प्लेअफमा नपुगी बाहिरने भएका छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै