काठमाडौँ महानगरमा काँग्रेसले खाता खोल्यो, वडा नम्बर ३० मा विजयी
खरीबोट
२०७९ जेठ ५ बिहीबार
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा नेपाली काँग्रेसले खाता खोलेको छ । जारी मत गणनामा काँग्रेसले वडा नम्बर ३० को वडा अध्यक्षमा जित हासिल गर्दै महानगरमा खाता खोलेको हो ।
वडा अध्यक्षका उम्मेदवार दलबहादुर कार्कीले २०६१ मत ल्याएर जित हासिल गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका कृष्ण भक्त खड्गीले ९१६ मत ल्याएका छन् ।
त्यस्तै यस वडामा दुई सदस्य र दलित महिला सदस्य काँग्रेसले जितेको छ भने महिला सदस्य एमालेले जितेको छ ।
योसँगै काठमाडौँ महानगरको ६ वडाको अन्तिम परिणाम आएको छ । जसमा एमालेले ५ वडा जितेको छ ।