• २०८१ बैशाख ८ शनिबार

टी- २० शृंखला- ओसिलो मैदानका कारण टस ढिला हुने

kharibot

काठमाडौं ।नेपाली राष्ट्रिय महिला क्रिकेट टिम र युगान्डाविरुद्धको चौथो टी-२० खेलको टस ओसिलो मैदानका कारण प्रभावित बनेको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजेदेखि सुरु हुने खेलका लागि हुनुपर्ने टस ओसिलो मैदानका कारण केही समय पछि सरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । 

पाँच खेलको टी- २० शृंखला दुई खेल अगावै नेपाल पहिलो खेलमा पाहुना टोलीसँग १२ रनले, दोस्रो खेलमा एक विकेटले र तेस्रो खेलमा ६ विकेटले पराजित भएको थियो ।

शृंखलाको अन्तिम खेल शनिबार हुनेछ । नेपाली महिला क्रिकेट टिमले पहिलो पटक घरेलु मैदानमा क्रिकेट शृंखला खेलेको हो ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै