• २०८१ बैशाख १४ शुक्रबार

संसद बैठक सुरु- विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी

kharibot

काठमाडौं  ।  प्रतिनिधिसभाको बैठक शुक्रबार पनि जारी छ । मंगलबारबाट सुरु भएको संसदको ११औँ अधिवेशनको शुक्रबार चौथो बैठक बसिरहेको छ । 

उक्त प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९÷८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा सांसदहरुले आ–आफ्नो धारणा राखिरहेका छन् । 

बुधबारबाट सुरु भएको सो छलफल शुक्रबार पनि चलेको हो  ।

बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई बैठकमा सहभागी हुन निर्देशन दिएका थिए । शुक्रबारको जारी बैठकमा मन्त्री शर्मा सहभागी छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै