• २०८१ बैशाख ८ शनिबार

राष्ट्र बैकले आगामी चैत्र मसान्तसम्म २० अर्ब ८८ करोडको आन्तरिक ऋण उठाउने 

kharibot

काठमाडौ । नेपाल राष्ट्र बैकले आगामी चैत्र मसान्तसम्म २० अर्ब ८८ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ ।

चालुु आर्थिक बर्ष अर्थात आगामी असार मसान्तसमम कुुल एक खर्ब ४५ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको राष्ट्र बैकले चैत्रसमम बिभिन्न मौद्रिक उपकरण बिक्री गरेर कुुल आन्तरिक ऋणको १४ दसदलव ४१ प्रतिसतको अनुपातमा आन्तरिक ऋण उठाउन तयारी गरेको हो ।  

आन्तरिक ऋणको लागि राष्ट्र बैंकले यही चैत्र मसान्तसम्म १८ अर्ब ६३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने छ । कुुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको दुुई अर्ब ८४ करोड, एक सय ८२ दिने अवधिको तीन अर्ब र तीन सय ६४ दिने अवधिको १२ अर्ब ७९ करोड रुपैयाँको ट्रेजरी बिक्री गर्ने लक्ष्य राष्ट्र बैकको रहेको छ । यसबाहेक पाँच बर्षमा परिपक्व हुुने गरी दुुई अर्ब रुपैयाँ बराबरको नागरिक बचत पत्र र पाँच बर्षमा नै परिपक् हुुने २५ करोड रुपैयाँ बराबरको बैदेशिक रोजगार बचतपत्र निष्काश गने योजना पनि राष्ट्र बैकको रहेको छ ।

राष्ट्र बैकले यसअघि चालुु आवको पहिलो त्रैमासमा पनि ५७ अर्ब ५४ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाई सकेको छ भने दोस्रो त्रैमासमा ६१ अर्ब ६१ करोड रुपैयाँ बराबरको आन्तरिक उठाई सकेको छ । कुुल एक खर्ब ४५ अर्ब मध्ये हालसम्म झण्डै एक खर्ब १० अर्ब रुपैयाँको आन्तरिक ऋण उठाईसकेको छ । चालुु आवको चौथौ त्रैमासमा पनि राष्ट्र बैकले चार अर्ब ९६ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै